+
+

‘अगस्त्य’मा नाजिर हुसेन र मलिका महत अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १०:४५

काठमाडौं । ‘लभ डायरिज’ फेम्ड निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘अगस्त्य : च्याप्टर वान’को प्रमुख कलाकारमा नाजिर हुसेन र मलिका महत पनि अनुबन्धित भएका छन् । मुख्य चरित्रमा यसअघि नै सौगात मल्ल नै तय भैसकेका छन् । निर्माताले सोमबार विज्ञप्ति जारी गर्दै थप कलाकार सार्वजनिक गरेका हुन् ।

सस्पेन्स-थ्रीलर जानरामा बन्न लागेको फिल्मको छायांकन बैशाखदेखि सुरु हुनेछ । भारतको गोरखपुर, बनारस, नेपालको काठमाडौं र नवलपरासीमा फिल्म छायांकन हुने निर्देशक चौधरीले जानकारी दिए । ‘दर्शकलाई विशुद्ध मनोरञ्जन दिने उद्देश्यले फिल्म बन्नेछ’ अनलाइनखबरसँग निर्देशक चौधरीले भने ।

आगामी मंसिरमा प्रदर्शन लक्ष्य राखिएको फिल्म निर्देशकको दोस्रो प्रोजेक्ट हुनेछ । साढे दुईवर्षअघि रिलिज भएको ‘लभ डायरिज’बाट चौधरीले निर्देशकीय करिअर थालेका थिए । प्रकाश मल्ल र अनिश तामाङको निर्माण हुने फिल्मलाई डार्क हर्स इन्टरटेनमेन्टको ब्यानरमा बनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?