+
+

सुनको मूल्य तोलामा ५ सयले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १२:३६

२३ माघ, काठमाडौं । आइतबार एकै दिन दुई हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार ६ सय र तेजावी सुनको मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ  र तेजावी सुनको मूल्य एक लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार सोमबार चाँदीको मूल्य आइतबार जस्तै स्थिर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?