+
+

सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सैह्य हुँदैन : डा. कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १६:३२

२३ माघ, चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सैह्य नहुने बताएका छन ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको अन्तरक्रिया तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा न्यायलयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले पत्रकार सम्मेलन गरेर संचार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्कीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

कांग्रेस नेता कोइरालाले भने, ‘स्वतन्त्र न्यायपालिका र संचार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन् । यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्विकार्य हुँदैन ।’

अब हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ मा कांग्रेसले जसरी पनि जित्नुपर्ने उनले बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेलले देशको आर्थिक अवस्था भयावह रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?