+
+

आगामी वर्षका लागि रासायनिक मल किन्न १५ अर्ब स्रोत सुनिश्चितता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १९:४६

२३ माघ, काठमाडौं । सरकारले आगामी वर्षका लागि रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न १५ अर्ब रुपैयाँ स्रोत सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि करिब ३ लाख मेट्रिकटन रासायनिक मल खरिदका लागि सरकारले बजेट सुनिश्चित गरेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।

समयमै मल खरिदका लागि प्रक्रिया सुरु गर्न माग गरिएको रकमको स्रोत सुनिश्चितता भएको उनले बताए । ‘मलको टेन्डरका लागि समयमै काम गर्न १५ अर्ब रुपैयाँ माग गरिएको थियो,’ प्रवक्ता सञ्जेलले भने, ‘अर्थ मन्त्रालयले सहमति दिएको छ ।’ उक्त रकमको मल खारिदका लागि अब मन्त्रालय मातहतका निकायले प्रक्रिया थाल्ने उनले बताए । यो रकम आगामी बजेट मार्फत सरकारले मल खरिदका लागि विनियोजन गर्नेछ ।

यस्तै आगामी असारका लागि आवश्यक पर्ने रासायनिक मलका लागि थप ७ अर्ब ७३ करोड बराबरको रकम आवश्यक भएको पनि मन्त्रालयले जनाएको छ । हाल आयात प्रक्रियामा रहेको मलले नपुग्ने भएपछि थप रकमको आवश्यकता भएको र त्यसका लागि मन्त्रालयको आन्तरिक स्रोत र अर्थबाट रकम माग भएको मन्त्रायले जनाएको छ । सो रकमको स्रोतबारे अर्थबाट निर्णय हुनै बाँकी रहेको र मन्त्रालयले भने आन्तरिक स्रोत संकलन गरिरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?