+
+

मौसममा आंशिकदेखि सामान्य बदली, थोरै ठाउँमा हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते ६:५०

२४ माघ, काठमाडौं । आज पनि देशका केही भू-भागमा आंशिक बदली भएको छ ।पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसममा बदली भएको हो ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि  मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं. १, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं. १ र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार भने देशको पहाडी भू-भागहरूमा आँशिक बदली भए पनि वर्षा र हिमपातको भने सम्भावना न्यून रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?