+
+

जुम्लामा घरमा आगलागी हुँदा १४ वर्षीया बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते ८:५५

२४ माघ, काठमाडौं । जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चन्दनाथ नगरपालिका वडानम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगालागी हुँदा १४ वर्षीया छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको हो ।

आइतबार राति करिव साढे १० बजेतिर भएको आगलागीबाट तीन कोठे घर पूर्णरुपमा क्षति भएको छ ।

प्रहरीका अनुसार तीन तले घरमा भण्डारीकी सासू, श्रीमतीसहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर निस्कन सफल भएको तर ती बालिका तेस्रो तलमा भएका कारण निस्कन नपाई जलेकी थिइन् ।

घरको दोस्रो तलाबाट आगलागी भएको प्रहरी जनाएको छ । ढुंगा र काठले बनेको उक्त घर टिन छाएको प्रहरीले जनाएको छ ।

घटनामा लोकबहादुर भण्डारी पनि सामान्य घाइते भएका छन् । उनको खुट्टाको केही भागमा जलेको छ ।

मृतक बालिकाको शव पोष्टमार्टमका लागि कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा पुर्‍याइएको छ ।

स्थानीय देवेन्द्र आचार्यका अनुसार सुत्ने समयमा भएकाले अरु मानिसहरुलाई जानकारी ढिला भयो । पछि त्यहाँ पुग्दा करिब घर धेरै जलिसकेको अवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?