+
+

फेरि एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १३:३८
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । फाइल तस्वीर

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको उम्मेदवार राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गरेका छन् । हिजोको राष्ट्रपतिका कारण फेरि एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको उनले सुनाए ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले भने, ‘एमाले नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ ।’

बालुवाटार र शीतल निवास केन्द्र बन्ने र एक ठाउँमा पुगेर संविधानलाई दुर्घटनामा पार्ने उनले बताए । थापाले अघि भने, ‘त्यसैले एमालेले प्रस्ताव गर्ने उम्मेदवारलाई हराउन लाग्छौं । आफ्ना उम्मेदवारलाई भोट माग्छौं, फकाउन लाग्छौं ।’

राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेको स्मरण गर्दै थापाले भने, ‘आँखा लाउलास् भन्नुहुन्छ । आँखै लाउँछौं । भोटै माग्छौं, हामीले भनेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउने कोसिस गर्छौं । किनभने हिजोको राष्ट्रपतिको भूमिकाको कारणले पसेको डरबाट मुक्त हुन चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?