+
+

करिश्मा मानन्धरले दिइन् डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १५:०१

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार करिश्माले दिएको उजुरी मंगलबार दर्ता भएको छ ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै करिश्माले उजुरी दिएको प्रवक्ता रायले जानकारी दिए । करिश्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराएकी छन् । युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए । उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ ।

‘प्रेम दाइ, भन्नुस् म कसरी बसेको थिएँ ? लिभिङ टुगेदर ?’ लेख्दै करिश्माले फेसबुकमा आक्रोश समेत व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?