+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नागरिक उन्मुक्तिकी अध्यक्ष भन्छिन् : सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौं

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १२:२७

२६ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ ।

रावलले आज बिहीबार विश्वासको मत लिने तय भएको छ । तर सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको नाउपाले विश्वासको मत नदिने बताएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘हाम्रो मागमुद्दा सम्बोधन नहुने भएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका छौं ।’

बुधबार विश्वासको मत दिने कार्यक्रम स्थगित गरेर एमाले नेताहरुले बुधबार नाउपा नेताहरुसँग छलफल गरेका थिए । तर कुनै सहमति हुन सकेन ।

प्रदेशसभाबाट आज विश्वासको मत पाएनन् वा लिएनन् भने रावल स्वतः पदमुक्त हुनेछन् । त्यसपछि नयाँ सरकारको बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?