+
+

भेरीमा डुबेका २ मध्ये एक जनाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते २०:०५
Photo Credit : सशस्त्र प्रहरी

२७ माघ, सुर्खेत। सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका ८ लोदेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव फेला परेको छ ।

डोल्पाको ठूलीभेरी नगरपालिका ५ बस्ने २२ वर्षीय मकर रोकाय र २१ वर्षीय बि.बि.रोकाय बिहीबार भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका थिए ।

जसमध्ये सशस्त्र प्रहरीको गोताखोर टिमले २१ वर्षे बीबी रोकायको शव फेला पारेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले अर्का एक जनाको खोजी गरिरहेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?