News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कारसहित सुनकोशी नदीमा बेपत्ता भएका तीनै जनाको पहिचान खुलेको छ।
- प्रहरीका अनुसार बेपत्ता हुनेमा पूर्ववडाध्यक्ष दिलकुमार लामा, चालक गणेश थापा र १७ वर्षीय सुजन बलमपाकी मगर रहेका छन्।
- इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थलमा उनीहरूको खोजीकार्य जारी राखेका छन्।
१८ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीमा सडक किनारमा रोकिराखेको कारलाई बसले ठक्कर दिँदा कारसहित बेपत्ता भएका तीनै जनाको पहिचान खुलेको छ ।
प्रहरीका अनुसार कारसहित सुनकोशी नदीमा बेपत्ता हुनेमा सिन्धुपाल्चोक जुगल-७ का पूर्ववडाध्यक्ष एवं ठेकेदार दिलकुमार लामा, एक्स्काभेटर चालक गोलञ्जोर गाउँपालिका– १ डुड्भञ्ज्याङका गणेश थापा र तीनपाटन गाउँपालिका-९ डाँडाखर्कका १७ वर्षीय सुजन बलमपाकी मगर रहेका छन् ।
फिक्कल गाउँपालिका–२ स्थित नवलपुरमा सोमबार बिहान करिब साढे १० बजे सडक किनारमा रोकिराखेको कारलाई बसले एक्कासि ठक्कर दिएको थियो ।
इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको गोताखोर टोलीले उनीहरूको खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया 4