+
+
Shares

अपडेट : सुनकोशी नदीमा पूर्व वडाध्यक्ष लामासहित तीनजना बेपत्ता

कपिल कोइराला कपिल कोइराला
२०८३ साउन १८ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित नवलपुरमा यात्रुवाहक बसले कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ ।
  • दुर्घटनामा सिन्धुपाल्चोकका पूर्व वडाध्यक्ष दिलकुमार लामासहित तीनजना बेपत्ता भएका छन् ।
  • घटनास्थलमा इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरीको विपत् व्यवस्थापन टोलीले उद्धार कार्य जारी राखेका छन् ।

१८ साउन, काभ्रेपलाञ्चोक । सिन्धुली सडक दुर्घटनामा सुनकोशी नदीमा बेपत्ता हुनेमा सिन्धुपाल्चोक जुगल– ७ का पूर्व वडाध्यक्ष एवं ठेकेदार दिलकुमार लामासहित तीनजना रहेको खुलेको छ ।

सिन्धुलीमा यात्रुवाहक बसले सडक किनारमा रोकि राखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको थियो ।

प्रहरीका अनुसार फिक्कल गाउँपालिका–२ स्थित नवलपुरमा सोमबार बिहान करिब १०:३० बजे सडक किनारमा रोकि राखिएको कारलाई यात्रुवाहक बसले ठक्कर दिएपछि उक्त दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त कार मध्यपहाडी लोकमार्ग निर्माण आयोजनामा कार्यरत ठेकेदार दिलकुमार लामाको रहेको खुलेको छ ।

कारमा ठेकेदार जुगल गाउँपालिका–७ का लामा, एक्स्काभेटर चालक गोलञ्जोर गाउँपालिका– १, डुड्भञ्ज्याङका गणेश थापा र नाम वतन नखुलेका एकजना हेल्पर बेपत्ता छन् ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन टोली उद्धारमा खटिएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?