+
+
Shares

सुनकोशी नदीमा कार खस्यो

कार खसेको सूचना आएपछि अहिले प्रहरी र सशस्त्रको टोली घटनास्थलतर्फ गएको उनले बताए । कारमा कति मान्छे सवार थिए भन्ने यकिन नरहेको उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १२:५०
तस्वीर : रविन श्रेष्ठको फेसबुकबाट ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोशी नदीमा बसको ठक्करबाट कार खसेको छ ।
  • जिल्ला प्रहरी कार्यालयका एसपी रवीन्द्रबहादुर सिंहले घटनास्थलतर्फ प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिनुभयो ।
  • कारमा कति व्यक्ति सवार थिए र सम्बन्धित सवारी साधनहरूको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

१८ साउन, काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ ।

फिक्कल गाउँपालिका–२ नवलपुरबाट सुनकोशी नदीमा कार खसेको सूचना आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले बताए ।

कार खसेको सूचना आएपछि अहिले प्रहरी र सशस्त्रको टोली घटनास्थलतर्फ गएको उनले बताए । कारमा कति मान्छे सवार थिए भन्ने यकिन नरहेको उनको भनाइ छ ।

प्रहरीलाई आएको सूचनाअनुसार बसको ठक्करबाट कार नदीमा खसेको बताइएको छ ।

नदीमा खसेको कारको नम्बर र ठक्कर दिएको भनिएको बसको नम्बर समेत खुल्न बाँकी रहेको एसपी सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?