+
+
Shares

सुनकोशीमा खसेको बेपत्ता कारको खोजीका लागि गोताखोर परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित मध्यपहाडी लोकमार्गबाट कार सुनकोशी नदीमा खसेपछि बेपत्ता तीन जनाको खोजीका लागि गोताखोरसहितको टोली परिचालन गरिएको छ ।
  • खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई बसले ठक्कर दिँदा कार सडकबाट ३० मिटर तल नदीमा खसेको थियो ।
  • दुर्घटनामा परेका कार चालक र अन्य दुई जना बेपत्ता भएका छन् भने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१८ साउन, काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट खसेको कारको खोजीका लागि गोताखोरसहितको टोली परिचालन भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन भएको हो ।

खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोशी नदीमा खसेको थियो ।

बेपत्ता कारको खोजीकार्यमा सो वेशबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको छ ।

उक्त कारमा सवार सिन्धुपाल्चोक बस्ने दिलकुमार लामा, सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ बस्ने २८ बर्षिय गणेश थापा र वतन नखुलेका अर्का एक जना समेत वेपत्ता भएका छन् भने बसका चालकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?