+
+

सुरक्षा पन्त स्टारर ‘बुलाकी’ टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते २०:५४

काठमाडौं । आगामी बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन, जारी प्रथा तथा सम्बन्धको उतारचढावलाई प्रस्तुत गरिएको छ ।

लक्ष्मण सुनार निर्देशित फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन । फस्टलुकसँगै चर्चामा रहेको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा छन् ।

रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धन राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका साथै नयाँ प्रस्तुति स्वरुप प्रकाश कँडेल र सरस्वती खत्रीले अभिनय गरेका छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा मोति बिष्टको प्रस्तुति रहेको फिल्मलाई शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्मको स्क्रिप्ट निर्देशक स्वयम्, अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् । डोल्पा, जाजारकोट र रुकुम पश्चिमका बिकट स्थानमा खिचिएको फिल्मको बितरण त्रिनेत्रम् र एफडीले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?