+
+

मौसम बदली कायमै, केही ठाउँमा हिमपात हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २८ गते ६:३९

२८ माघ, काठमाडौं । देशका केही भू-भागमा आज पनि मौसममा बदली भएको छ । पश्चिमी वायूको न्यून चापीय प्रभाव नेपालमा पनि परेको हो ।

आज प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आइतबार पनि राति प्रदेश नं. १, कर्णाली, सुदूरपश्चिमका साथै गण्डकीका केही उच्च पहाडी तथा हिमाली भू-भागमा पनि हिमपात हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?