+
+

‘क्यामिनो’मा प्रदीप र वर्षाको जोडी बाँधिने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २८ गते १६:४५

काठमाडौं । प्रदीप खड्काको शीर्ष भूमिका हुने एड्भेन्चर ड्रामा ‘क्यामिनो’को नायिकामा वर्षा शिवाकोटी अनुबन्धित भएकी छन् । निर्माताले शिवाकोटीलाई अनुबन्धित गरिएको जनाएको छ ।

उनीसँग केही दिनअघि लिखित सम्झौता भएको जानकारी निर्देशक दीपक वलीले दिए । प्रदीपले पनि केही दिनअघि नै फिल्ममा आफू अनुबन्धित भएको औपचारिक पुष्टि गरेका थिए ।

फिल्मका दुई शीर्ष नायिकामध्ये शिवाकोटीले एकको भूमिका निर्वाह गर्नेछिन् । गतसाता उनले निर्देशक र निर्मातासँगको तस्वीर सेयर गर्दै फिल्म गर्नसक्ने बारे संकेत दिएकी थिइन् ।

फिल्ममा वर्षा र प्रदीपको अनस्क्रिन जोडी बाँधिनेछ । पहिलो पटक उनीहरुले स्क्रिन सेयर गर्न लागेका हुन् । फिल्मले दक्षिण अमेरिकी मुलुक हुँदै जोखिम लिएर पैदल अमेरिका प्रवेश गर्ने एक जोखिमपूर्णको यात्राको कथा पेश गर्छ ।

ब्राजिल र मेक्सिकोमा छायांकन गर्ने तयारी गरिएको फिल्ममा प्रेम, रोमान्स र सस्पेन्स हुने जानकारी निर्देशक वलीले दिए । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

सौरभ लामाको छायांकन, एसडी योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनी भाषामा छायांकन गर्ने जनाइएको छ । फिल्मका कलाकार फागुनभित्र तय हुनेछन् । स्पेनी भाषामा ‘क्यामिनो’को अर्थ बाटो भन्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?