+
+

च्याटबटको मैदानमा चीनको प्रवेश, गुगल र च्याट जीपीटीसँग अर्नीको टक्कर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १३:३३

काठमाडौं । प्रविधिको युद्ध विभिन्न क्षेत्रमा छेडिएको छ । कोही सेमीकन्डक्टर त कोही नयाँ पुस्ताको फाइटर जेट बनाउनमा लागिरहेका छन् । यो क्षेत्रमा जो कोही पनि अगाडि बढ्न चाहन्छ । कम्पनीहरुका लागि अहिले आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट नयाँ युद्ध मैदान बनेको छ ।

यसको एक उदाहरण ChatGPT हो जसले विश्वभर नै आफ्नो लोकप्रियता र उपस्थिति बढाइरहेको छ । माइक्रोसफ्ट, गुगल तथा अन्य कम्पनीहरु च्याटबटको लडाइँमा मैदानमा ओर्लिसकेका छन् र यो मैदानमा चीन पनि पछि रहन चाहँदैन ।

चीनले ल्‍यायो  एआइ च्याटबट

चीनको दिग्गज प्रविधि कम्पनी अलिबाबाले आफ्नो च्याटबटको घोषणा गरेको छ । अलिबाबाले च्याट जीपीटी जस्तै स्टाइल भएको आफ्नो च्याटबट टूल लञ्च गर्ने घोषणा गरेको हो ।

अलिबाबा मात्र होइन चिनिया गुगलको नामले चर्चित सोसल मिडिया कम्पनी Baidu ले पनि आफ्नो च्याटबट निर्माणमा काम गरिरहेको छ । बाइडुले ल्याउने च्याटबटको नाम Ernie Bot हुनेछ ।

अलिबाबाले भने आफ्नो च्याटबटका बारेमा धेरै जानकारी दिएको छैन । कम्पनीका प्रवक्ताका अनुसार Large Language Model तथा Generated AI माथि कम्पनीले सन् २०१७ देखि नै आफ्नो ध्यान केन्द्रित गरेको हो ।

माइक्रोसफ्टको सटिक कदम

माइक्रोसफ्टले च्याटबटतर्फ मानिसहरुको बढ्दो रुझानलाई क्यास गर्ने पूरै कोसिस गरेको छ । ChatGPT का पारखीहरुलाई मध्यनजर गर्दै माइक्रोसफ्टले रणनीतिक कदम चाल्दै सर्च इन्जिन बिंगलाई नयाँ अवतारमा लञ्च गर्यो । भलै मानिसहरुले अहिलेसम्म बिंगमा च्याट जीपीटीसँग सम्वाद गर्न पाएका छैनन् तर यसले गुगललाई निश्चित रुपमा खतरा पैदा गरिदिएको छ ।

उता गुगलले पनि यो मौकालाई खेर जान दिन चाहँदैन । त्यसैले उसले आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट बार्ड सार्वजनिक गर्यो । यद्यपि बार्डको आगमन गुगलका लागि पहिलो गाँसमै ढुंगा बनेको छ।

यो च्याटबटले दिएको गलत जवाफका कारण गुगलको मातृ कम्पनीको शेयर मूल्यमा पहिरो जाँदा कम्पनीलाई १ खर्ब डल घाटा लाग्यो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?