+
+

चितवन-२ मा मै हुँ उम्मेदवार, पार्टीको निर्णय पनि कुर्छु : उमेश श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १७:५७

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा आफू नै उम्मेदवार भएको बताएका छन् । यसका लागि पार्टीको निर्णय पनि कुर्ने नेता श्रेष्ठ बताउँछन् ।

निर्वाचन आयोगले आगामी वैशाख १० गतेका लागि उपनिर्वाचनको मिति तय गरेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, उनले अमेरिकन नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरेको भनी सर्वोच्च अदालतले उम्मेदवार नै हुन अयोग्य रहेको फैसलया गर्यो । रिक्त भएको स्थानमा उपनिर्वाचन हुने भएपछि कांग्रेस नेता श्रेष्ठले आफू तयारीमा जुट्ने बताएका हुन् ।

‘निर्वाचन आयोगले निर्णय गर्यो । मैले आफूलाई विजयी घोषित गरियोस् भन्ने माग पनि राखेको छु’ श्रेष्ठले अनलाइनखबरसित भने, ‘जे गर्न परे पनि गर्छु । तर, चितवन २ मा फेरि पनि मै हुँ उम्मेदवार । पार्टीको निर्णय पनि कुर्छु ।’

नेता उमेश श्रेष्ठले सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोग निवेदन दिएका थिए । उनको निवेदनउपर निर्वाचन आयोगले केही निर्णय गरेको छैन् ।

गत चुनावमा रवि लामिछानेसँग नेता श्रेष्ठसहित एमालेका कृष्णभक्त पोखरेल लगायतले प्रतिस्पर्धा गरेका थिए । त्यसबेला लामिछानेले उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका थिए । २०७४ सालको निर्वाचनमा चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?