+
+
सन्दर्भ रेडियो दिवस :

घटेकै हुन् त रेडियोका श्रोता ?

संकटको साथीलाई सजिलोको पनि साथी बनाउने चुनौती

आफूले खोजेको विषयवस्तु तत्काल अन्य माध्यममा नपाउने र आफ्ना विचारहरू प्रकट गर्ने अन्य माध्यम नभएको अवस्थामा रेडियो सर्वाधिक लोकप्रिय र रोजाईको माध्यम भएको देखिन्छ । विषयवस्तु, श्रोता अन्तरक्रिया वा सहभागितामा ध्यान दिन सकेमा अझैपनि आमसञ्चारको लोकप्रिय सञ्चार माध्यमका रूपमा रेडियो नै रहेको छ । 

डा भूमिराज चापागाई डा भूमिराज चापागाई
२०७९ फागुन १ गते ८:०९

रेडियोको आविष्कार १९ औँ शताब्दीको उत्तरार्द्धमा भएता पनि तारका माध्यमबाट एक ठाउँको खबर अर्को ठाउँमा पुर्‍याउने प्रक्रिया भने सन् १८३० (वि.सं. १८८६) मा मोर्स नामक वैज्ञानिकले गरे । सन् १८१५ मा इटालीका इन्जिनियर गुग्लिल्मो मार्कोनीले रेडियो टेलिग्राफका लागि पहिलो सन्देश प्रसारित गरेका थिए  

नेपालमा भने रेडियोको इतिहास करिब ७२ वर्षको प्रारम्भमा तत्कालीन क्रान्तिकालमा तारिणीप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा सञ्चालन भएको रेडियो प्रसारणको निरन्तरता नै रेडियो नेपाल हो रेडियो नेपालको औपचारिक स्थापना २० चैत २००७ मा प्रजातन्त्र रेडियोको नामबाट भएको हो पछि यसको नाम परिवर्तनसँगै नेपाल रेडियो हुँदै रेडियो नेपाल भएको थियो  

नेपालमा २०४६ सालको परिवर्तनपछि भने रेडियोको विकासका लागि धेरै सकारात्मक प्रयासहरू भएको पाइन्छ सरकारी तवरबाट २०५२ सालदेखि नै एफएम रेडियो सञ्चालनको अभ्यास भए तापनि गैरसरकारी क्षेत्रबाट भने २०५४ सालमा नेपाल वातावरण पत्रकार समूहले स्वतन्त्र रेडियो सञ्चालनको इजाजत पाएपश्चात् नै संघसंस्था तथा व्यापारिक प्रतिष्ठानहरूका लागि एफएम रेडियो सञ्चालनको ढोका खुला भएको हो । 

उक्त संस्थाद्वारा सञ्चालित रेडियो सगरमाथा नेपालमा मात्र नभएर दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियोका रूपमा परिचित रेडियो सेट नभए पनि मोबाइलमै सुन्न सकिने, काम गर्दा वा हिँडडुल गर्दा समेत सुन्न सकिने, आफ्नो वरपरका खबरहरू जस्ताको तस्तै तत्काल प्रसारण गर्ने भएकाले पनि एफएम रेडियो नेपाली समाजमा आमसञ्चारको लोकप्रिय माध्यम बन्न पुग्यो  

वर्तमान सन्दर्भ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ७४० रेडियोले इजाजत पत्र प्राप्त गरेकोमा वटाको भने इजाजत पत्र विविध कारणले रद्द भएको छ । नेपालमा एफएम रेडियो सञ्चालनको करिब दुई दशकपछि राष्ट्रिय आमसञ्चार नीति २०७३ ले पहिलो पटक एफएम रेडियोहरूको परिभाषा वर्गीकरण गर्‍यो । जसअनुसार एफएम रेडियो टिभीका फ्रिक्वेन्सीलाई सार्वजनिक सेवा प्रसारण, सामुदायिक प्रसारण व्यापारिक प्रसारणका रूपमा वर्गीकरण गरिएको

नीतिगत रूपमा एफएम रेडियोलाई वर्गीकरण गरे पनि त्यसपछि गर्नुपर्ने कार्यहरू भने अधुरै रहेका छन् नीतिले वर्गीकरण गरिए पनि सञ्चालनको तरिका, राज्यले गर्ने व्यवहार, सेवासुविधा र सहुलियत, लाइसेन्स/इजाजतपत्र नवीकरण र रोयल्टी शुल्क, इजाजत लिने प्रक्रिया, दस्तुर पूर्वाधारका दृष्टिले राज्यले व्यवहारतः फरक सम्बोधन गरेको छैन । 

हाल रेडियो सञ्चालकहरू मध्ये गैरसरकारी संस्था, सहकारी, शैक्षिक संस्था लगायतका संघसंस्थाले सञ्चालन गरेका ३७२ ओटा रेडियोहरू सामुदायिक रेडियो प्रशारक संघमा संगठित भएका छन् भने निजी कम्पनि तथा व्यापारिक प्रतिष्ठानले सञ्चालन गरेका करिब २०० रेडियोहरू ब्रोडकास्टिङ्ग एसोसियसन अफ नेपालमा आबद्ध रहेका छन्  

तथ्याङ्कमा रेडियो

नेपालमा रेडियोका श्रोताहरूको सङ्ख्या स्थिर देखिंदैन घटना विशेष वा विषम परिस्थिति जस्तै प्राकृतिक विपद् (भूकम्प/बाढी पहिरो), महामारी (कोरोना), निर्वाचन लगायतका समयमा रेडियो सुन्ने श्रोताहरूको सङ्ख्या बढ्ने गरेको अर्थात् विषम परिस्थिति वा आपतकालीन अवस्थामा सूचना, सञ्चार तथा समाचारका लागि मानिसहरूले रेडियोमै भर पर्ने गरेको देखिन्छ

शेयरकाष्ट इनिशियटिभ नेपालले कोरोना महामारीका समयमा गरेको राष्ट्रिय सर्वेक्षणमा सहभागीमध्ये करिब ८० प्रतिशतले रेडियो सुन्ने बताएका थिए भने पछिल्लो नेपाल मिडिया सर्वेक्षण २०२२ का अनुसार करिब ४५. प्रतिशतले रेडियो सुन्ने बताएका थिए  

यसरी रेडियोका श्रोताहरू सबै समयमा स्थिर वा एकनासको देखिंदैनन् विषयवस्तु श्रोताको सहभागितालाई श्रोताले छनोटको आधार बनाउने गरेका छन् आफूले खोजेको विषयवस्तु तत्काल अन्य माध्यममा नपाउने आफ्ना विचारहरू प्रकट गर्ने अन्य माध्यम नभएको अवस्थामा रेडियो सर्वाधिक लोकप्रिय रोजाईको माध्यम भएको देखिन्छ

कोरोना महामारी होस् वा भूकम्प, मानिसले सूचना तथा समाचार प्राप्त गर्ने भरपर्दो माध्यमका रूपमा रेडियोमा नै फर्केको तथ्याङ्कले यसलाई पुष्टि गर्दछ अर्थात् विषयवस्तु, श्रोता अन्तरक्रिया वा सहभागितामा ध्यान दिन सकेमा अझैपनि आमसञ्चारको लोकप्रिय सञ्चार माध्यमका रूपमा रेडियो नै रहेको  

सञ्चार माध्यममा सहभागिता अन्तरक्रिया 

नेपालमा १९५५ सालदेखि छापा पत्रिकाको सुरुवात भयो समय बित्दै जाँदा सङ्ख्यात्मक वृद्धि व्यापकतासँगै पत्रपत्रिकाले राम्रो पाठक पाइरहेको थिए पत्रपत्रिका नै विचार बनाउने महत्वपूर्ण सञ्चार माध्यम थिए आजको पत्रिकामा के आएछ हँ भन्ने चासो प्रायः समसामयिक विषयमा सरोकार राख्नेहरूको हुन्थ्यो

२०४१ सालदेखि टेलिभिजनको सुरुवात भयो जब टेलिभिजनको सङ्ख्यात्मक वृद्धि हुँदै गयो तब टेलिभिजनमा श्रव्य दृश्यसहितको सामग्री हेर्न पाइने भएपछि पत्रपत्रिका कस्ले पढ्ने ? भन्ने कुरा नसुनिएको होइन  

तुलनात्मकरूपमा पत्रपत्रिकामा भन्दा टेलिभिजनमा दर्शकको सहभागिता अन्तरक्रिया बढी हुने गर्दछ पत्रपत्रिकामा पृष्ठ सङ्ख्याको सीमितताका कारण चाहेर पनि धेरै पाठकका विचार समावेश गर्न सकिंदैन भने यातायात सडकका कारण दुर्गम ठाउँहरूमा पत्रिका पुर्‍याउन पनि कठिन

तुलनात्मकरूपमा पत्रपत्रिकामा भन्दा टेलिभिजनमा दर्शकको सहभागिता अन्तरक्रिया बढी हुन थाल्यो फलस्वरूप टेलिभिजनले प्रशस्त दर्शक कमायो टेलिभिजन हेर्ने दर्शकको सङ्ख्या पनि ह्वात्तै बढ्यो टेलिभिजनले राम्रै दर्शक पाइरहेको थियो, सरकारले २०५४ मा एफएम रेडियो खोल्न पाउने नीतिगत व्यवस्था गरेपछि नेपालमा एफएम रेडियोप्रतिको आकर्षण बढ्न गयो टेलिभिजन भन्दा एफएम रेडियो सञ्चालन प्रयोगका दृष्टिले सहज सरल माध्यम हो

काम गर्दा, हिँडडुल गर्दा, विश्राम गर्दा वा जुनसुकै बेला पनि सुन्न सकिने नागरिकहरूले आफ्ना समस्या, सामुदायिक सवाल सरोकारका विषय सहजै राख्न सक्ने प्रयोग गर्नका लागि निकै नै सस्तो माध्यम भएकोले अत्यन्तै छोटो समयमा नेपालमा रेडियो निकै नै लोकप्रिय माध्यम सावित भयो । 

एमएम रेडियो खुल्ने क्रम पनि ह्मवात्तै बढ्यो टेलिभिजनमा भन्दा रेडियोमा मानिसहरूले सहभागिता अन्तरक्रिया गर्ने अवसर बढी पाउन थाले

आफूलाई भन्न मन लागेका कुराहरू आफ्नै गाउँ/सहरमा खुलेका एफएम रेडियोमा सहजै राख्न पाउने भए रेडियो विचार विनिमयको निकै नै सहज माध्यम बनिदियो बिजुली बत्ती नपुगेका सडक सञ्जालले नछोएका ठाउँलाई पनि रेडियो तरंगले छोयो

अति नै दुर्गम ठाउँका मानिसका कथा, गाथा, विचार भोगाई अनुभूतिहरू रेडियोले साटासाट गर्न थाल्यो नागरिक सहभागिता अन्तरक्रियाको अवसरका कारण टेलिभिजनमा भन्दा रेडियोमा मानिसहरूको आकर्षण बढी हुन पुग्यो  

समयको गतिसँगै सूचनाप्रविधिले पनि फड्को मार्दै गएको सूचनाप्रविधिमा भएको अभूतपूर्व विकासले अहिले मोबाइल इन्टरनेटको पहुँचमा भएका जो कोहीले पनि आफ्नो मनमा लागेका वा भन्न खोजेका सवाल वा सरोकार सहजै सार्वजनिक गर्न सक्ने भएका छन् अहिले सामाजिक सञ्जाल मानिसहरूलाई आफ्नो वैचारिक अन्तरक्रिया गर्ने साझा चौतारी बनेको स्वाभाविकरूपमा जहाँ धेरैभन्दा धेरै र सजिलै आफ्ना विचार र भावनाहरू विनिमय गर्न पाइन्छ, मानिसको रुचि आकर्षण त्यतै धेरै हुने गर्दछ

पछिल्लो समय सामाजिक सञ्जालहरू फेसबुक, युट्युब, ट्विटर, टिकटक लगायतमा मानिसले जुनसुकै विषयमा पनि आफ्नो विचार, प्रतिक्रिया धारणाहरू प्रकट गर्ने सुविधा प्राप्त गरेका छन् यसले ती सञ्जालहरूमा नागरिकहरूले प्रशस्त अन्तरक्रिया गरिरहेका छन्  

यहाँ जोड्न खोजेको कुरा के हो भने मानिस धेरै भन्दा धेरै आफ्ना विचार तथा प्रतिक्रिया, भोगाई, अनुभव तथा अभिप्रेरणा/संयोग वियोगका कथा तथा गाथाहरू, विगत आगतकै बारेमा पनि अरुसँग साटासाट गर्न खोज्दछ जुन जुन काल खण्डमा जुन जुन माध्यममा उसले ती सुविधाहरू प्राप्त गर्‍यो, तत् तत् समयमा आफ्नो अनुकूलतामा ती माध्यमहरूको छनोट गरेको

अरु कुनै पनि माध्यम नहुँदा मानिस पत्रपत्रिकामा मात्रै निर्भर थियो प्राप्त अवसरप्रति खुशी नै थियो टेलिभिजनको आगमनले पत्रपत्रिका सँगसँगै मानिसलाई छनोटको नयाँ अवसर प्राप्त भयो दर्शकहरूको आकर्षण टेलिभिजनमा बढ्यो  

रेडियोको आगमनले सञ्चार माध्यमलाई समुदायको घरदैलोमै पुर्‍याइदियो मानिसले आफ्ना कुराहरू सहजै रेडियोबाट प्रसार गर्न सक्ने भए सूचना प्रविधिले अहिले हरेक मोबाइल इन्टरनेट प्रयोगकर्ताहरू सामाजिक सञ्जालमा जोडिन सक्छन् र पर्याप्त अन्तरक्रिया गर्न सक्छन् । तसर्थ सहभागिता अन्तरक्रिया राजनीतिमा मात्र होइन, सञ्चारमा पनि महत्वपूर्ण

यदि प्रयोगकर्ताको अनुकूलता आवश्यकतालाई ध्यान दिएर उनीहरूको सहभागिता अन्तरक्रियाको अवसर दिन सकिएन भने वर्तमान मिडियाको ल्याण्डस्केपमा अझै पनि बदलाव आउने देखिन्छ तसर्थ परम्परागत मिडियाहरूका लागि अहिलेको मिडिया परिदृश्य चुनौती दबाव दुवै हो  

मिडिया प्रयोगको परिदृश्य 

शेयरकाष्टले सन् २०२२ मा गरेको राष्ट्रिय मिडिया सर्वेक्षणका अनुसार स्थानीय सूचना तथा समाचार प्राप्त गर्ने प्रमुख माध्यमका रूपमा साथीसंगी, घरपरिवारका सदस्य छिमेकीपछि ४१ प्रतिशत मानिसहरूको रोजाइमा फेसबुक परेको देखिन्छ अर्थात परिवार साथीसंगीसँगको अन्तरक्रिया पछि मानिस आफ्नो गाउँठाउँमा के भए ? भन्ने जानकारीका लागि फेसबुकमा जाने गरेको देखियो

फेसबुक आफैंमा सञ्चार माध्यम होइन यो एउटा सञ्जाल मात्रै हो यसले प्रयोगकर्ताका निजी विचारलाई सम्प्रेषण गर्दछ भने एक प्रयोगकर्ताले शेयर गरेका विषयवस्तु अन्य प्रयोगकर्ताको सञ्जालसम्म पुर्‍याइदिन्छ तर पनि आम प्रयोगकर्ताले यसलाई नै सूचना तथा समाचारको स्रोतका रूपमा बुझ्न थालेका छन्  

समग्र स्रोतका रूपमा तेस्रो स्थानमा देखिए पनि परम्परागत माध्यमहरूमध्ये स्थानीय सूचना तथा समाचार प्राप्त गर्ने स्रोतका रूपमा भने एफएम रेडियो अग्रस्थानमा देखिन्छ एफएम रेडियो आमसञ्चारको स्थानीय माध्यम हो प्राविधिक हिसाबले एफएम रेडियोको प्रसारण पहुँच, प्रसारण क्षमता भौगोलिक अवस्थितिका आधारमा प्रसारण केन्द्रदेखि निश्चित दूरीको भूभागसम्म मात्रै हुन्छ प्रसारण पहुँच स्थानीय समुदाय केन्द्रित हुने भएकाले यसका विषयवस्तुहरू पनि स्वभाविक रूपमा स्थानीय समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक, र अन्य समसामयिक विषयवस्तुमा आधारित हुन्छन्

स्थानीय समुदायका जातिय, सांस्कृतिक, धार्मिक, साम्प्रदायिक गतिविधिहरूलाई एफएम रेडियोहरूले उच्च प्राथिमकताका साथ उठाउने गरेका छन् आमसञ्चारका अन्य परम्परागत माध्यमहरूको पहुँच नभएका ठाउँहरूमा समेत एफएम रेडियोहरूले सञ्चार सेवा दिइरहेका छन्

प्रसारण क्षमता, जनशक्तिको उपलब्धता, स्रोत साधनको सम्भाव्यता र उपलब्धता जे जति भए पनि स्थानीय एफएम रेडियोले स्थानीय विषयवस्तुलाई नै प्राथमिकतामा राखेका छन् एफएम रेडियोको यही विशेषताका कारण आमसञ्चारको परम्परागत माध्यमहरूमध्ये एफएम रेडियो स्थानीय सूचना तथा सञ्चारको पहिलो रोजाइमा रहेको

अहिले सामाजिक सञ्जालमा मानिसहरू झुम्मिएको देख्दा परम्परागत मिडियामा श्रोता, दर्शक वा पाठक के होलान् ? भन्ने लाग्नु स्वाभाविकै हो तर वास्तविकता फरक छ ।

सामाजिक सञ्जालको वर्तमान परिदृश्यलाई हेर्दा खहरेको भेलको संज्ञा दिन सकिन्छ भेलका रूपमा आएको पानीले ऊर्जा उत्पादनमा खासै योगदान गर्दैन, सिँचाई नै हुन्छ बरु लगाएको बालिनाली बिगार्ने, भएका पुल पुलेसा भत्काउने किनारमा भएका संरचना बगाउने काम मात्र गर्दछ भेलमा निरन्तरता हुँदैन संयमता नै

आंशिक रूपमा फोहोरको डंगुर एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउने काम गर्छ तर कहिलेकाँही बीचमै थुपारेर झन सास्ती पनि थोपरिदिन्छ खहरे खोलालाई राम्रोसँग ड्याम बाध्न सक्यो भने त्यसले गडगडाएर आउने खोलालाई उचित गन्तव्यसम्म पुर्‍याइदिन्छ अन्यथा झन दुर्घटना मात्रै थपेर जान्छ  

अहिले नेपालमा सामाजिक सञ्जालले जतिसुकै माथि उठाएका विषयवस्तु भए पनि अन्ततः परम्परागत मिडिया रेडियो,  टेलिभिजन, पत्रपत्रिका वा विश्वसनीय अनलाइन समाचार साइटले तथ्यको अन्वेषण गरेर विषयवस्तुलाई पर्गेल्ने काम नगरेसम्म निचोड निकाल्न सकिने अवस्था छैन । तसर्थ सामाजिक सञ्जालले परम्परागत मिडियालाई विस्थापित गर्ने होइन भन्ने बहस अहिलेको अवस्थामा त्यति सान्दर्भिक देखिंदैन  

सञ्चार माध्यमप्रतिको विश्वसनियता

अहिलेको सामाजिक सञ्जालको प्रयोगको अवस्थालाई हेर्दा विषयवस्तु, एजेण्डा सरोकारका बिषयहरू एकाकार हुन नसकेको लहडमा हिँडेको जस्तो देखिन्छ दिनभरि सञ्जालमा थरिथरीका विषयवस्तुहरू हेर्‍यो, त्यसैका आधारमा धारणा बनायो तर घर फर्केपछि रेडियोले के भन्छ ? टेलिभिजनले के देखाउँछ, खै खै पत्रिकामा के आएको , आफूले नियमित हेर्ने गरेको अनलाइन समाचार साइटले के लेखेछ भनेर तथ्यको पुष्टि गर्नुपर्ने अवस्थामा अहिलेका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू छन् तसर्थ अन्तरक्रिया हुनु विश्वास आर्जन गर्नु फरक कुरा हुन् सामाजिक सञ्जालले अन्तरक्रिया बढाएको तर विश्वास आर्जन गर्न सकेको छैन  

अहिले पनि रेडियो, टेलिभिजन पत्रपत्रिकाप्रतिको विश्वास ३० प्रतिशतभन्दा माथि छ । जबकि प्रयोगका हिसाबले सबैभन्दा धेरै सामाजिक सञ्जाल देखिए पनि त्यहाँ आउने विषयवस्तुप्रतिको विश्वास भने जम्मा प्रतिशत मात्रै रहेको विश्वसनियताको कसीमा सामाजिक सञ्जाल निकै नै कमजोर प्लेटफर्म बनेको छ

सामाजिक सञ्जालबाट थाहा पाएका विषयवस्तु र सूचनाका आधारमा धारणा बनाएर प्रतिक्रिया दिने प्रवृत्ति घातक सावित हुँदै गएको छ । परम्परागत सञ्चार माध्यमहरूले विषयवस्तुको पुष्टि वा प्रमाणित आधार भएपछि मात्र सूचना सम्प्रेषण गर्छन् । यता, विषयवस्तुको प्रामाणिकता कहिँकतैबाट पनि नहुने भएकाले पनि विश्वसनियताको कसीमा सञ्जालहरू कमजोर देखिन्छन्  

के रेडियोका श्रोता घटेका हुन्

रेडियोका श्रोता घटेका होइनन्, नयाँ सदस्यको आगमन पश्चात केही बाँढिएका अवश्य हुन् नयाँ छनोटको अवसरसँग साक्षात्कार गर्दैगर्दा झट्ट हेर्दा रेडियोका श्रोता घटेका पो हुन् कि भन्ने लाग्नु स्वाभाविकै हो तर अझै पनि रेडियोलाई धेरै भन्दा धेरै अन्तरक्रिया गर्ने साझा माध्यमको रूपमा विकास गर्न सक्दा, रेडियोका विषयवस्तुमा सूचना, सन्देश, विचार, कथा गाथा विनिमय गर्ने श्रोताहरूको सहभागिता बढाउन सक्दा र स्थानीय विकास तथा जनचासोका विषयहरूलाई नतिजामा नपुगुञ्जेलसम्म निरन्तर घच्घचाई रहेको खण्डमा रेडियोका श्रोता रेडियो मै रहन्छन् किनकि रेडियोको मौलिक विशेषता अन्य माध्यममा गएर पाउन सकिंदैन  

अहिले पनि दिनभरि अन्तरक्रिया अन्य माध्यममा गरेता पनि बाहिर सुनेका सूचनाजानकारी तथा समाचारहरूको आधिकारिकता जाँच गर्नका लागि पुनः रेडियोमै फर्कने गरेका छन् दिनभरि बाहिर बाहिर भ्रमण गरे पनि बास बस्न घर फर्के जस्तै लाग्छन् रेडियोका श्रोताहरू पनि प्रारम्भमा नै उल्लेख गरे जस्तै रेडियोका श्रोता स्थिर भने अवश्य पनि छैनन्

घटनाविशेषले यसका श्रोताहरूको सङ्ख्यामा थपघट भएको तथ्याङ्कले देखाउँछ भर्खरै कोरोनाका कारण सरकारले गरेको बन्दाबन्दीका समयमा रेडियोका श्रोता सङ्ख्यामा भएको वृद्धि त्यसको ज्वलन्त उदाहरण हो  

त्यसो भए के रेडियो भनेको आपतकालीन अवस्थाका सञ्चार माध्यम मात्र हो भन्ने प्रश्न उठ्न सक्दछ आपतकालीन अवस्थाको भरपर्दो आमसञ्चारको माध्यम हो नै तर यसको क्षेत्र त्यतिमा सीमित छैन आम मानिसका सरोकार, समस्या, चासो रुचीका विषयवस्तु दिन सकेको खण्डमा रेडियो अझैपनि सान्दर्भिक लोकप्रिय माध्यम हुन सक्दछ  

लेखक सामुदायिक रेडियो प्रसारक संघ एकोराबका लेखा समिति संयोजक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?