+
+

म्यानचेष्टरका दुवै क्लब वियजी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते ८:३२

१ फागुन, काठमाडौं । प्रिमियर लिगमा आइतबार दोस्रो स्थानको म्यानचेष्टर सिटी र तेस्रो स्थानको म्यानचेष्टर युनाइटेड विजयी भएका छन् ।

सिटी र युनाइटेडको जितले शीर्ष स्थानको आर्सनलमाथि दबाब थपिएको छ । आर्सनलले अघिल्लँ दुई खेलमा जित हात पार्न नसक्दा सम्भावित ६ मध्ये ५ अंक गुमाएको थियो ।

दोस्रो स्थानको म्यानचेष्टर सिटीले एस्टन भिलल्लाई ३-१ ले हरायो ।

सिटीले पहिलो हाफमै तीन गोल गरेको थियो । रोड्रीले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने इल्के गुन्डागोनले ३९औं र रियाद महारेजले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।

एस्टन भिल्लाका लागि ओली वाट्किन्सले दोस्रो हाफमा एक गोल फर्काए ।

जितपछि सिटीको २२ खेलबाट ४८ अंक भएको छ र शीर्ष स्थानको आर्सनलसँग अंकदूरी ३ मा झारेको छ ।

अब फेब्रुअरी १६ मा आर्सनल र सिटीबीच खेल हुनेछ । जसमा आर्सनलले विजयी भए ६ अंकको अग्रता बनाउनेछ भने सिटी विजयी भए आर्सनलसँग अंक बराबरी गर्नेछ ।

यस्तै म्यानचेष्टर युनाइटेडले लिड्स युनाइटेडलाई २-० ले हरायो । म्यानचेष्टर युनाइटेडले दुवै गोल अन्तिम दश मिनेट भित्र गरेको थियो । मार्कुस रासफोर्डले ८०औं मिनेटमा लुक श को पासमा पहिलो गोल गरेका थिए ।

वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अलेजान्द्रो गार्नाचोले ८५औं मिनेटमा वाउट वेघवर्स्टको पासमा गोल गरे ।

जितपछि म्यानचेष्टर युनाइटेडको २३ खेलबाट ४६ अंक छ र सिटीलाई पछ्याइरहेको छ । यस्तै चौथो स्थानको न्युकासलमाथि ५ अंकको अग्रता बनाएको छ । न्युकासलको २२ खेलबाट ४१ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?