+
+

रास्वपाको केन्द्रीय समिति बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते ९:३३
रास्वपाका सभापति रवि लामिछाने । फाइल तस्वीर

१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल हुने एक नेताले जानकारी दिए । सम्भवत यही बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने टुंगो लगाउनेछ ।

रास्वपाले भोलि म‌ंगलबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आयोजना गर्ने छ ।

यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण अदालतले सांसदबाट पदबाट निलम्वित हुने फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?