+
+
Shares

रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने

रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने निर्णय गर्न केहीबेरपछि आकस्मिक बैठक बस्ने सभापति रवि लामिछानेले संसद्मा जानकारी दिए।
  • रास्वपाका सांसदहरूले आपतमा सरकारलाई कसरी सघाउने भन्नेबारे सामूहिक निर्णय गर्ने पनि लामिछानेले बताए।
  • रसुवागढी क्षेत्रमा आज बिहान आएको बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेँसीमा बस्ती, बजार, प्रहरी कार्यालय, सडक र जलविद्युत् संरचनामा क्षति पुर्‍याएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् कोषमा दुई महिनाको तलब भत्ता जम्मा गर्ने घोषणा गरिसकेकी छन्।

१० भदौ, काठमाडौं । रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने भएको छ । यसका लागि रास्वपाको आकस्मिक बैठक बस्दैछ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केहीबेरपछि आकस्मिक बैठक बसेर राहत कोषका लागि उपलब्ध गराउने रकमको निर्णय गर्नेछ’ सभापति रवि लामिछानेले जानकारी दिए ।

संसद्मा बोल्दै उनले यसबारे जानकारी दिएका हुन् । साथै, रास्वपाका सांसदहरूले बेग्ला बेग्लै नभएर सामुहिक रुपमा सरकारलाई, आपत्तमा सरकारलाई कसरी सघाउन सक्छ भनेर निर्णय नै गर्ने पनि उनले बताएका छन् ।

रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पु‍र्‍याएको छ । बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पु‍र्‍याएको विवरण आएका छन् ।

यो घटनाबारे संसद्मा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । यस अगाडि नै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् कोषमा दुई महिनाको तलब भत्ता जम्मा गर्ने घोषणा गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?