+
+

जावलाखेल युथ क्लबको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १०:४०

१ फागुन, काठमाडौं । ए डिभिजनको जावलाखेल युथ क्लबले सुनिल श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिगलाई मध्यनजर गर्दै जावलाखेलले श्रेष्ठलाई मुख्य प्रशिक्षक बनाएको हो । क्लबले सुनिललाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी सामाजिक सन्जालमार्फत् दिएको छ ।

उमेर समूहको राष्ट्रिय टिम समेत हेरिसकेका सुनिल श्रेष्ठ जावलाखेल युथ क्लबका पुराना खेलाडी समेत हुन् ।

यस्तै जावलाखेलले नरेश थापालाई सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

गत सिजन किशोर केसीको प्रशिक्षणमा जावलाखेलले ए डिभिजन लिग खेलेको थियो । जावलाखेल युथ क्लब हाल सर्लाहीमा भइरहेको सातौं राजर्षी जनक कप खेलिरहेको छ ।

नयाँ सिजनको लिग यही फागुन १९ गतेदेखि सुरु हुँदैछ । नयाँ सिजनको लिग आउनुअघि अहिले क्लबहरु खेलाडी अनुबन्ध गर्ने र प्रशिक्षक नियुक्त गर्ने काममा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?