+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

बुढानीलकण्ठका १४६ जना बालबालिकामा जन्मजात मुटुको रोग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १६:४२

१ फागुन, काठमाडौं। बुढानीलकण्ठका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनामा मुटुको रोग देखिएको छ ।

गंगालाल हृदय रोग केन्द्र र बुढानीलकण्ठ नगरपालिकाले गरेको एक अध्ययनमा विभिन्न किसिमका जन्मजात मुटुका रोग भएका १४६ र मुटु बाथ रोग समस्या भएका ९ जना बालबालिका भेटिएका हुन् ।

अस्पतालले बुढानीलकण्ठ नगरपालिकामा भएका सरकारी र निजी अस्पतालका ५ देखि १५ बर्षका बालबालिकालाई समेटेको थियो ।

अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीका अनुसार १९ वटा सरकारी अस्पतालका ३८२० र निजी अस्पतालका ९ हजार १८० जना बालबालिकामा इको स्क्रिनिङ र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो । सोमबार जन्मजात मुटु रोग सचेतना सप्ताहको अवसरमा केन्द्रले आयोजना गरेको कार्यक्रममा उक्त रिपोर्ट सार्वजनिक गरिएको हो ।

केही समय अगाडी बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको अध्ययनमा १ हजार बालबालिकामध्ये १० जना हाराहारीमा बाथ मुटुको रोग देखिएको थियो । तर, काठमाडौंमा १३ हजार बालबालिकामा अध्ययन गर्दा ९ जना मात्रै बाथ मुटुको रोग देखिएको छ । एक जनाको जन्मजात मुटु रोगको शल्यक्रिया समेत गर्नु परेको पनि अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार जन्मिएका १०० बच्चा मध्ये एक जनामा मुटुको समस्या भएको पाइन्छ ।

‘काठमाडौंमा उपत्यकाका भित्र लक्षणविहीन बाथ मुटुको रोगको बिरामीको संख्या एकदमै कम छ भन्ने देखियो,’ डा. अधिकारीले भने, ‘स्वास्थ्यको पहुँज बढ्दै जाँदा, आर्थिक रुपमा समक्ष भएका व्यक्तिमा बाथ मुटुको रोग घट्छ भन्ने प्रमाणित गर्यो ।’

विज्ञ चिकित्सकका अनुसार मुटु रोग ९० प्रतिशत लक्षणविहीन हुन्छ । ‘अधिंकासमा मुटु रोग लक्षण विहीन नै हुन्छ । यस अध्ययनले अभिभावकलाई जन्मजात मुटुको रोग लक्षण विहिन नै हुने भएकाले परीक्षण गनुपर्छ भन्ने सन्देश दिन्छ,’ डा.अधिकारीले थपे ।

उनले अब मुगु जिल्ला र धादिङको धुनिवेसी गाविसमा पनि अध्ययन गर्ने तयारी रहेको पनि जानकारी दिए । ‘ठाँउ अनुसारको मुटु रोगको प्रकृति फरक हुन सक्छ । काठमाडौंमा बाथमुटुको रोग कम भएको पाइयो । अब हामी सबै जिल्ला समेटेर बालबालिकाको मुटुको अवस्थाको अध्ययन गर्न तयारीमा छौं,’ डा. अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?