+
+

मौसमी प्रणाली छैन, खुल्दै आकाश

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते ६:४४

२ फागुन, काठमाडौं । देशको पहाडी भू-भागमा आज पनि आंशिक बदली भएको छ । त्यसबाहेकका भू-भागमा सामान्यतय मौसम सफा छ ।

अहिले देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेख्य प्रभाव परेको छैन् । त्यसैले हिमपात र वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति पनि देशका केही ठाउँमा आंशिकरुपमा बदली भए पनि पानी पर्ने वा हिमपात हुने सम्भावना रहेको छैन ।

बुधबार पनि सामान्यतया देशभरको मौसम सफला नै रहने मौसमविद्हरूले जनाएका छन् ।

मौसमी प्रणाली नभएका कारण आज र भोलि  आकाश खुल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?