+
+

क्रिकेट विश्वकप लिग टु : नेपाल र नामिबियाबीचको खेल आज

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते ८:३९

२ फागुन, काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक शृखंला आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

शृखंलाको पहिलो खेलमा घरेलु टोली नेपालले आज नामबियासँग खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

लिग टु मा नेपालले तीन वर्षपछि घरेलु मैदानमा खेल्दैछ भने नामबायले ७ वर्षपछि नेपालमा आएर खेल्न लागेको हो ।

नेपालले यसअघि सन् २०२० फेब्रुअरीमा ओमान र अमेरिका सहितको लिग टु शृखंला घरेलु मैदानमा खेलेको थियो । नामिबियाले २०१६ मा वर्ल्ड क्रिकेट लिगअन्तर्गत काठमाडौं आएर नेपालसँग दुई खेल खेलेको थियो ।

नेपालले लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबियामा गएर शृखंला खेलिसकेको छ ।

लिग टु मा नेपालले नामिबियालाई हराउन सकेको छैन । त्यसैले आजको खेलमा नेपालको सबै शक्ति घरेलु मैदान र दर्शकमाझ नामिबिलाई हराउनेतर्फ हुनेछ ।

स्कटल्याण्डमा भएको शृखंलामा नेपाल नामिबियासँग दुवै खेलमा पराजित भएको थियो । यस्तै नामिबियामा गत डिसेम्बरमा भएको शृखंलामा नेपाल एक खेलमा नामिबियासँग पराजित भएको थियो । एक खेल भने वर्षाले प्रभावित हुँदा नतिजाविहीन बनेको थियो ।

नेपालको लागि ओडीआई मान्यता बचाइराख्न यो शृखंला महत्वपूर्ण रहेको छ । यस्तै नयाँ प्रशिक्षक मोन्टी देसाइले यही शृखंलाबाट नेपालको प्रशिक्षण सुरु गरेका छन् ।

बलात्कारको आरोप लागेका पूर्वकप्तान सन्दीप लामिछाने यही शृखंलामार्फत राष्ट्रिय टिममा फर्किएका छन् ।

सन्दीपसहित चारसहित राष्ट्रिय टिममा पुनरागमन गर्दा युवा स्पीनर सूर्य तामाङले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

लिग टु मा नेपाल भर्सेस नामिबिया हेड टु हेड

ओडीआई खेल : ४

नामिबिया जित : ३

नेपाल जित : ०

नतिजाविहीन : १

नेपाली टिम : रोहित पौडेल (कप्तान),  कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की, सूर्य तामाङ

वैकल्पिक खेलाडी : आरिफ शेख, प्रतिश जीसी, श्याम(मौसम) ढकाल, अर्जुन साउँद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?