+
+

तोडफोड भएपछि ल्होत्से मलस्थित आईएनआई सिनेमा हल आज बन्द, १५ लाखको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १३:०८

काठमाडौं । यातायात मजदुरको आन्दोलनमा क्रममा हलको भौतिक संरचनामा क्षति पुगेपछि मुलुकको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले गोंगबुस्थित ल्होत्से मल्टिप्लेक्स फिल्म हल आज (मंगलबा) बन्द गर्ने भएको छ ।

हल सञ्चालक सुरेन्द्र थापाले तोडफोडबाट पुगेको क्षतिबारे मुचुल्का र बीमाबारेका केही कागजात तयार पार्नका लागि मंगलबारलाई हल बन्द रहने जानकारी दिए । हलले मंगलबारका शोहरु सार्वजनिक गरेको छैन ।

उनका अनुसार हलको काउन्टरमा प्रवेश गरी उत्तेजक भीडले सिसा, माइक, लेड टेलिभिजनदेखि अन्य संरचनामा क्षति पुर्‍याएका थिए । १५ लाखभन्दा बढीको क्षति पुगेको जानकारी थापाले दिए ।

सामाजिक सञ्जालमा सेयर भइरहेका भिडियोमा ल्होत्से मलको मोबाइल पसल लुटिएकोदेखि हलको संरचनामा क्षति पुगेका दृश्य देख्न सकिन्छ । ‘आजलाई प्रहरी मुचुल्कादेखि बीमाबारेका केही कागजात तयार गर्नुपर्ने भएकाले बन्द गर्छौं,’ थापाले अनलाइनखबरसँग भने ।

यातायात जरिवानाबारेका केही माग लिएर यातायात मजदुर आन्दोलनमा उत्रिएका थिए । त्यसक्रममा बालाजु र माछापोखरी क्षेत्र तनावग्रस्त बन्यो । सरकारले माग पूरा गर्ने भएपछि मजदुरले यातायात बन्द फिर्ता लिएका छन् ।

मंगलबार बिहान सार्वजनिक सवारी बन्द भएपछि काठमाडौं उपत्यकास्थित सिनेमा हलहरु सुनसान रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?