+
+
Shares

नागरिक समाजका अगुवाहरुका विरुद्ध अनेरास्ववियू वैचारिक प्रतिवादमा लाग्नुपर्छ : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १७:४४

२ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक समाजका अगुवाहरुको वैचारिक प्रतिवादमा अनेरास्ववियू लाग्नुपर्ने बताएका छन् ।

मंगलबार अनेरास्ववियूको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा एमालेको नेतृत्वमा सरकार हुँदा नागरिक समाजको नाममा सडकमा आन्दोलन हुने गरेको बताए ।

उनले भने, ‘अबको अनेरास्ववियू यथास्थितिवादको पक्षमा रहेका यसप्रकारका नागरिक समाजका अगुवाहरु, जसले समाजको परिवर्तन र विकासलाई रोक्नका लागि भूमिका निर्वाह गर्ने गर्छन् । त्यसकाबिरुद्ध वैचारिक र राजनीतिक रुपमा खडा हुन सक्ने अनेरास्ववियू आजको आवश्यकता हो भन्ने कुरालाई तपाई हामी सबैले बुझ्नु जरुरी छ ।’

उनले बुर्जुवाहरुले सरकारमा बसेर जतिसुकै बर्बादीको काम गरेपनि नागरिक समाज सडकमा नआउने तर एमालेले जनताको हीतको पक्षमा काम गर्दापनि सडकमा आउने गरको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘बुर्जुवाहरुले जतिसुकै राष्ट्रलाई बर्बाद पारे पनि उनीहरु सडकमा आउने गर्दैनन् । तर जतिबेला देश र जनताको हीतको पक्षमा, परिवर्तनका हितका पक्षमा, काम गर्ने पार्टीका रुपमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्नेगर्छ कथित नागरिक समाज सडकमा तमासा देखाउन आइपुग्छ । त्यतिबेला अनेरास्ववियू सडकमा देखिनुपर्ने हो देखिने गरेको छैन।’

नागरिक समाजको अगुवाहरु यथास्थितिवादको पक्षमा रहेको उल्लेख गर्दै उनले उनीहरुले समाज विकासलाई रोक्न भूमिका खेलेको बताए । महासचिव पोखरेलले एमालेका बिरुद्ध सडकमा आउने नागरिक समाजकैविरुद्ध अनेरास्ववियू वैचारिक र राजनीतिक रुपमा खडा हुनुपर्ने बताए ।

उनले भने, ‘यो मुलुकमा एउटा बिडम्बनापूर्ण अवस्था छ । त्यसमा अनेरास्ववियू कतै पछाडि पर्‍यो कि ? जतिबेला मुलुकको बुर्जुवाहरु शासनमा हुने गर्छन् । यो समाजका कथित नागरिक समाजका अगुवाहरु सडकमा देखिने गर्दैनन् ।’

महासचिव पोखरेलले समाजमा धार्मिक अतिवाद र धर्मान्तरको नाममा आक्रमण भइरहेको भन्दै नेपाली सांस्कृतिक मूल्य, मान्यताको जगेर्ना गर्नुपर्ने बताए।

उनले भने, ‘आज अनेरास्ववियूका योद्धाहरु हाम्रो समाज, संस्कृति, सांस्कृतिक मूल्य, मान्यताका पक्षमा, त्यसका रक्षाको पक्षमा उभिनसक्ने दस्ताका रुपमा खडा हुनु जरुरी छ । आज हाम्रो समाजमा धार्मिक अतिवादका नाममा, धर्मान्तरका नाममा, नेपाली सांस्कृतिक मूल्यमाथि जुन प्रकारको आक्रमण भइरहेको छ, त्यसका बिरुद्धको योद्धाको रुपमा अबको अखिल आन्दोलन खडा हुनुपर्छ । त्यसले राष्ट्रलाई सुरक्षित गर्ने काम गर्छ भन्ने कुरालाई बुझ्नु जरुरी छ ।’

उनले संस्कृति रक्षाको पक्षमा उभिन पनि अनेरास्ववियूका विद्यार्थीहरुलाई आग्रह गरे । इतिहास र संस्कृतिमाथि आक्रमण भए राष्ट्र कमजोर हुने उनको भनाइ छ ।

उनले भने, ‘कुनैपनि राष्ट्रको भविष्य त्यसको इतिहास र त्यसको संस्कृतिको जगमा अडिएको हुन्छ । जब त्यसको इतिहासमाथि, त्यसको सांस्कृतिक मूल्यमाथि आक्रमण हुनेगर्छ । त्यो राष्ट्र कमजोर हुनेगर्छ ।’

उनले एमालेको नेतृत्वमा देश चलेमा कसैले भविष्यको बारेमा चिन्ता लिनु नपर्ने बताए । देशको विकास र समृद्धि एमालेको नेतृत्वबाट मात्रै हुने उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?