+
+

दुई हजार दर्शकमाझ मेलबर्नमा घन्कियो नेपथ्य

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १८:०२

काठमाडौं । अष्ट्रेलियाको सांगीतिक टुरमा रहेको लोकरक ब्याण्ड नेपथ्यले मेलबर्नमा भव्य प्रस्तुति दिएको छ । दुई हजारभन्दा बढी दर्शकमाझ नेपथ्यले सोमबार मेलबर्नको फोरम हलमा आफ्नो सांगीतिक जादू देखायो ।

भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा आयोजित कन्सर्ट भएकाले नेपथ्यले ‘मेरो हजुर’ गीतको भिडियोबाट सुरुवात गरेको थियो । त्यसपछि मञ्चमा आफ्ना ब्याण्ड सदस्यसँगै मञ्चमा उक्लिएका गायक अमृत गुरुङले पुरानो गीत ‘आँगनैभरि हिउँ नै झरे’बाट कार्यक्रमको थालनी गरेका थिए । अनि छेक्यो छेक्यो, लामपाते सुर्ती गाएका अमृतले आफ्ना अनुभव र निष्कर्षसमेत सुनाउन भ्याए । उनले दर्शकहरुको उत्तेजना बढाउने मात्र होइन, संवेदनालाई पनि बलियो बनाउने आफूहरुको उद्देश्य रहेको बताए ।

नेपथ्यले यो वर्ष आफूलाई ‘मानवताको लागि संगीत’ अभियानमा होमेको छ । अमृतले अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुलाई थोरै गोजीखर्च बचाएर भए पनि नेपालमा मानवताका लागि योगदान गरिदिन आग्रह गरे ।

नेपथ्यले अन्त्यतिर मैं नाचें छमछमी, रेशम र तालको पानी हुँदै ‘रातो र चन्द्र सूर्य’ सुनाएर कार्यक्रमको बिट मार्‍यो ।

कन्सटएमा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा नीरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादललाई शान्ति रायमाझीले सघाएका थिए । मेलबर्नपछि नेपथ्यको सांगीतिक यात्रा तास्मानियाको होबार्टतर्फ लम्किएको छ, जहाँ फेब्रुअरी १७ मा कन्सर्ट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?