+
+

सौगात र ऋचालाई लिएर अर्जुन कुमारले फिल्म ‘फाटेको जुत्ता खै’ बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते ११:२८

दुबई । सौगात मल्ल र ऋचा शर्मालाई शीर्ष भूमिकामा लिएर निर्माता अर्जुन कुमारले नयाँ फिल्म ‘फाटेको जुत्ता खै’ घोषणा गरेका छन् । यूएईको दुबईमा चलचित्र विकास बोर्डले आयोजना गरेको फिल्म फेस्टिभल अन्तर्गतको पत्रकार सम्मेलनमा उनले फिल्म निर्माणको घोषणा गरेका हुन् ।

निर्माणमा अर्जुन कुमार र गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना र अर्का व्यवसायी धर्मराज अधिकारीले सहकार्य गर्ने भएका छन् । संयुक्त लगानीको फिल्मबारे कुरा गर्दै अध्यक्ष ढुंगानाले दुई करोड रुपैयाँ लगानीको यो फिल्मले मध्यपूर्व पनि ‘ज्वाइन्ट भेन्चर’का लागि तयार छ भन्ने सन्देश प्रवाह गरेको बताए ।

फिल्म घोषणा कार्यक्रममा अभिनेत्री शर्मा, क्यूएफएक्स निर्देशक तथा एप्पल इन्टरटेनमेन्टका प्रमुख नकिम उद्दिन, सञ्चारकर्मी भूषण दाहाल, मध्यपूर्व वितरक रमेश ढकाल पनि उपस्थित थिए ।

बोर्डले आयोजना गरेको नेपाली फिल्मको प्रवद्र्धन र विदेश बजार विषयमा भएको प्यानल डिस्कसनको क्रममा फिल्मको घोषणा भएको हो । ‘फाटेको जुत्ता खै’लाई निकेश खड्काले निर्देशन गर्ने भएका छन् ।

अर्जुन कुमार फिल्म्स प्रालिको ब्यानरमा बन्ने फिल्ममा आकाश बरालको पटकथा र प्रवेश मलिकको संगीत हुनेछ । वैशाखदेखि नवलपरासीको त्रिवेणीमा फिल्मको छायांकन सुरु हुने जनाइएको छ ।

निर्माता अर्जुन कुमारले यसअघि निर्देशक खड्कासँगको सहकार्यमा फिल्म ‘फाटेको जुत्ता’ निर्देशन गरेका थिए । तर ‘फाटेको जुत्ता खै’ यसको सिक्वेल नभएको अर्जुन कुमारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?