३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले शान्ति प्रक्रियाका बाँकी काम तीव्रताका साथ अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो माग राखेका हुन् ।
‘शान्ति प्रक्रियाका बाँकी काम तीव्रताका साथ अघि बढाइयोस्,’ उनले अगाडि थपे, ‘बेपत्ता योद्धाहरू अहिलेसम्म सार्वजनिक भइरहेका छैन्न् । बेपत्ता परिवारको पीडालाई ध्यान दिएर यो कामलाई अबिलम्ब अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4