+
+

केपी ओलीलाई प्रदीप पौडेलको प्रश्न : भीम रावल र घनश्याम भूसाल कहाँ हुनुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १३:५२

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आफ्नो पार्टीको लोकतन्त्रमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रश्न गरेको भन्दै प्रतिवाद गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले एमालेकै लोकतन्त्रमाथि प्रश्न रहेको बताए । तुलनात्मक रुपमा एमाले भन्दा कांग्रेस लोकतन्त्रवादी रहेको उनको जिकिर छ ।

आफूले पार्टीको संसदीय दलको नेताको चुनावमा सभापति शेरबहादुर देउवालाई भोट नहालेको भन्दै उनले भने, ‘गएको संसदीय दलको चुनावमा मैले सभापतिलाई भोट हालिन । तर, उहाँले मलाई सुत्रुतापूर्ण व्यवहार गर्नुहुन्न ।’

आफ्नो पार्टीमा रहेको यस्तो लोकतन्त्र एमालेमा नरहेको पौडेलको भनाइ छ । उनले अगाडि भने, ‘म तपार्ई (एमाले अध्यक्ष ओली) लाई सोध्न चाहन्छु । भीम रावल कहाँ हुनुहुन्छ ? घनश्याम भुसाल कहाँ हुनुहुन्छ ?’ यी प्रश्नहरु (एमाले पार्टीमा भएका अभ्यासले) ले लोकतन्त्र विकसित गर्ने प्रयासमा गम्भीर स्थिति सिर्जना गरेको पौडेलको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?