+
+

३ कुलपतिले गरे शपथ ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते ९:०७

४ फागुन, काठमाडौं । नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणि हार्तम्छालीले आज बिहान शपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शपथग्रहण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?