+
+

ढोरपाटनमा शिकारका लागि प्रस्ताव आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १३:३९
फाइल तस्वीर

४ फागुन, काठमाडौं । आगामी सिजन (२०७९ फागुन–२०८० वैशाख) का लागि ढोरपाटनमा शिकार गर्न इच्छुकबाट प्रस्थाव आह्वान भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार प्रतिस्पर्धाबाट शिकार गराउन दरभाउ पत्र आह्वान गरेको हो ।

विभागका अनुसार ढोरपाटन शिकार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बनेलको शिकार गरिने भएको छ । यसका लागि व्यक्ति तथा संघ संस्थाले निवेदन दिन सक्ने विभागले जनाएको छ ।

ढोरपाटन नेपालको एक मात्र शिकार आरक्षण हो । यहाँ कात्तिक–मंसिर र फागुन–वैशाख गरी दुई सिजनमा शिकारको अनुमति दिइन्छ । ढोरपाटन शिकार आरक्षले शिकारको अनुमति दिएको संख्या, पर्यटक र उनीहरुको गतिविधिलाई नियमनको काम गर्छ । नेपालमा दुई सिजनामा गरी सामान्यतया दुई दर्जन नाउर र एक दर्जन झारलको शिकार हुने गरेको छ । ढोरपाटन शिकार आरक्षमा कुल ६ वटा ब्लक रहेका छन् । ब्लक अनुसार मूल्य फरक फरक पर्छ । पर्यटकले आफूले शिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता अंग भने आफ्नो मुलुक लैजान पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?