+
+

अनेरास्ववियुको नेतृत्व चयन गर्न मतदान जारी, आजै नतिजा आउने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १७:०३

४ फागुन, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्व चयनका लागि प्रज्ञा भवन काठमाडौंमा मतदान चलिरहेको छ ।

२ फागुनदेखि चलिरहेको २३औं महाधिवेशनबाट नेतृत्वमा पुग्न पाँच जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदका लागि आरसी लामिछाने, समिक बडाल, याङ्छु योञ्जन, मोती विक र लोकेश निरौलाको उम्मेदवारी परेको छ ।

चार उपाध्यक्षका लागि १७ जनाको प्रतिस्पर्धा भएको छ । महासचिव पदका लागि पनि पाँच जना बीच नै प्रतिस्पर्धा छ ।

सुदर्शन सिवाकोटी, भाष्कर खनाल, नरेश रोकाया, उमेश आचार्य र कल्पना वाइवा महासचिव पदका लागि प्रतिस्पर्धामा छन् । १० सचिव पदका निम्ति ५८ जनाको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा पनि पाँच जना नै उम्मेदवार छन् । संगम अर्याल, सुजन कार्की, प्रज्वल फुँयाल र प्रदीप बीसीले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । चुनावी मैदानम उत्रिएका उम्मेदवार संख्या ६१४ रहेको अध्यक्ष मण्डलका सदस्य रचना खड्काले बताइन् ।

उनका अनुसार, अहिले ४२ मत केन्द्रबाट मतदान भइरहेको छ । उनका अनुसार, आजै नतिजा आउनेछ । यो महाधिवेशनमा १५ सय ८८ प्रतिनिधि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?