+
+

मकवानपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते ११:१२

५ फागुन, हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार बिहान चितवनबाट मनहरीतर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले मनहरी–६ रामडाँडामा विपरीत दिशामा जाँदै गरेको ग १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर चलाइरहेकी कास्की निर्मलपोखरी–२ कि ३८ वर्षीय अमृता परियारको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

ठक्कर दिने ट्रक, ट्रकका चालक र स्कुटर प्रहरी नियन्त्रणमा रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?