+
+

मोबाइल डाटा खपत कसरी थाहा पाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १९:४५

यदि तपाई एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने तपाईले आफ्नो फोनमा डाटा खपत थाहा पाउनका लागि :

  • फोनको Settings एप खोल्नुहोस्
  • Network & internet and then Internet मा ट्याप गर्नुहोस्
  • त्यसपछि https://lh3.googleusercontent.com/D5ptyZv1JuNQLLyWVH5fH_4dYDCZ4lo693W12B-rxIS1-lWzT9E1QZ7C4s_JSz4FgJY=w24 मा ट्याप गर्नुहोस्
  • तपाईले फोनमा कति डाटा खपत गर्नुभएको छ भन्ने कुरा स्क्रिनको सबैभन्दा माथिल्लो भागमा देखिन्छ ।
  •  त्यसको विस्तृत विवरण तथा ग्राफ हेर्नका लागि App data usage मा ट्याप गर्नुहोस्

त्यसमा कुनै निश्चित समयावधि भित्रको डाटा खपत जान्न चाहनुहुन्छ भने https://lh3.googleusercontent.com/XnNphs5yu782zV9OEvLN1L3up9FyyuTDYr9EfJ_PbpQO2a7eXwRJglvlPjrxsuFOVrA=w36-h36 मा ट्याप गर्नुहोस्

त्यस्तै यदि प्रत्येक एपले खपत गरेको डाटा हेर्न चाहनुहुन्छ भने त्यसतल रहेको ग्राफ हेर्न सक्नुहुन्छ ।

मोबाइल फोनमा धेरै डाटा खपत नियन्त्रण गर्ने उपाय :

  • आफ्नो फोनमा डाटा खपतका बारेमा सूचना प्राप्त गर्नका लागि warning सेट गर्नुहोस्
  • मोबाइल डाटा खपतको अधिकतम सीमा (limit) सेट गर्ने, ताकि उक्त सीमा पुगेसँगै मोबाइल डाटा आफै बन्द हुन्छ ।
  • auto-sync लाई बन्द गर्नुहोस् : मोबाइल फोनमा अधिक डाटा खपत रोक्नका लागि auto-sync लाई turn off गर्नुहोस् । यदि त्यसो गर्नुभयो भने तपाईले आफ्नो मोबाइलका एपहरु sync गर्नका लागि म्यानुअल्ली गर्नुपर्ने हुन्छ ।
  • पृष्ठभूमिमा हुने डाटा खपत रोक्नुहोस् : तपाईले आफ्नो फोनमा भएका एपहरुले गर्ने डाटा खपतमा नियन्त्रण गर्न सक्नुहुन्छ । यसका लागि एपहरुले backgroundमा गर्ने डाटा प्रयोगलाई बन्देज restrict गर्नु पर्दछ । साथै एपहरुको automatic update लाई disable गर्ने वा WiFi-only settings मा राख्नु पर्दछ ।
  • ठूला फाइलहरु वाइफाइमा मात्र डाउनलोड गर्ने ः कहिलेकाहीँ हाम्रो मोबाइल फोनमा ठूलो आकारको डाटा फाइल डाउनलोड हुन थाल्दछ । यस्तो फाइल डाउनलोड हुँदा धेरै मोबाइल डाटा खपत गर्दछ । त्यसैले फाइल डाउनलोड हुँदा वाइफाइ भएको बेलामा मात्र डाउनलोड हुनेगरी सेटिंग्स मिलाउनु पर्दछ ।
  • Data saving mode : नयाँ भर्सनका एन्ड्रोइड फोनहरुमा data saving mode उपलबध हुन्छ । यदि तपाईले यो फिचरलाई भलबदभि गर्नुभयो भने यसले अतिरिक्त डाटा खपतलाई नियन्त्रण गर्दछ । कतिपय ब्राउजरहरुमै पनि data saving mode हुन्छ, जसलाई तपाईले सक्रिय बनाउन सक्नुहुन्छ ।
  • एन्ड्रोइड फोनमा data saving mode सक्रिय बनाउनका लागि Settings-> Cellular/Mobile Networks-> Data usage मा गएर data saver option लाई enable गर्नुहोस् । आइओएएसमा चाहि Settings->Cellular->Cellular data options मा गई low data mode लाई enable गर्नु पर्दछ ।
  • हटस्पटलाई सुरक्षित राख्नुहोस् : यदि तपाईले आफ्नो मोबाइल डाटालाई हटस्पटमार्फत् कम्प्युटरमा प्रयोग गरिरहनु भएको छ भने त्यसो गर्दा WPA2 लाई enable गर्नुहोस् । यसो गर्दा अन्य मोबाइलहरुले अनधिकृत रुपमा तपाईको WiFi hotspot प्रयोग गर्नबाट रोकिन्छ ।

तपाईले आफ्नो मोबाइल फोनको वाइफाई हटस्पटमा जोडिएका डिभाइसहरुमाथि निगरानी गर्नुहोस् ता कि कुनै अपरिचित डिभाइस तपाईको हटस्पटमा अनधिकृत रुपमा नघुसोस् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?