+
+

हरेक दिन मानवअधिकार उल्लंघनका २० वटा घटना : इन्सेक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १३:११

७ फागुन, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपालमा हरेक दिन २० वटा भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भइरहेको तथ्यांक सार्वजनिक गरेको छ ।

इन्सेकले आइतबार सार्वजनिक गरेको स्न २०२२ को मानवअधिकार वर्ष पुस्तक अनुसार, नेपालमा हरेक दिन २० वटा मानव अधिकार उल्लंघनका घटना भइरहेका छन् ।

इन्सेकले सन् २०२२ मा नेपालमा कुल ७ हजार ३७६ वटा मानव अधिकार उल्लंघनका घटना भएको विवरण सार्वजनिक गरेको हो । इन्सेकका अनुसार, यो एक वर्षमा ३२३ को हत्या भएको छ भने २ जना बेपत्ता पारिएका छन् ।

३५ जना अपहरणमा परेको, ८१ जना गिरफ्तार भएको र ४४८ जनामाथि कुटपिट भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । कारागारमा ५३ जनाको मृत्यु भएको छ ।

इन्सेकले राजनीतिक प्रकृतिका मानव अधिकारका घटना केही कमी भएपछि सामाजिक र जनजीविकाको पाटोमा मुलुकको अवस्था सुधार हुन नसकेको औल्याएको छ ।

वार्षिक प्रतिवेदन अनुसार, मानव अधिकार उल्लंघन, ज्यादती र अपराधका घटना भइरहेका छन् । बढ्दो सडक दुर्घटना, आत्महत्या र विपद्का कारण बर्सेनि हजारौं नागरिकले ज्यान गुमाउने गरेको भन्दै इन्सेकले वार्षिक प्रतिवेदनमा भनेको छ, ‘नागरिकप्रतिको दायित्वमा सचेत रही सरकारका आँखा यस्ता घटनाका यसलाई नियन्त्रण गर्नेतर्पm पनि पर्नु जरुरी छ ।’

कारागारहरु सुधारगृहमा रुपान्तरण हुन नसकेको, विवादास्पद रुपमा अध्यादेश र विधेयक ल्याउने काम भएको, प्रदेशस्तरमा संरचना बन्न नसकेको, शिक्षा, स्वास्थ्य र मानव अधिकार कागजमा सीमित रहेको भन्दै इन्सेकले दलहरु नागरिकको जनजिविकाको सवालमा क्रियाशिल हुन नसकेको औल्याएको छ ।

‘दलहरूको ध्यान सत्ता राजनीतिमा केन्द्रित हुँदा कार्यपालिकाले कसरी सत्ता टिकाउने र लम्ब्याउने भन्नेतिर आफ्नो ध्यान केन्द्रित ग¥यो । जीवनको अधिकार संरक्षणमा सरकारले पूर्ण सफलता पाउन सकेन’, प्रतिवेदनमा भनिएको छ, ‘सरकार सरोकारबाट बाहिरिँदा जानाधिकार कुण्ठित हुने नै भयो । सङ्क्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्नुपर्नेमा सरकारको परिणाममूखी तदारूकता देखिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?