+
+

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते ९:४८

८ फागुन, जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा आजदेख सुरु भएको छ ।

फागुन औशीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौं धार्मिक ऐतिहासिक ठाउँहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १२० किलो मिटर भूभागको यात्रा गरिन्छ ।

आजको दिन धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाकी किर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसागर मठ हुँदै जानकी मन्दिर ल्याइन्छ ।यहाँबाट जानकीको डोला र जनकपुरका  अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरु समेत समावेश गरि परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ ।

वृहत्त, मध्य र अन्तरगृह गरि तीन प्रकारको परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनीय रहेको छ ।

परम्परागत बाजाँगाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा हजारौं नरनारीहरु सहभागिता परिक्रमामा हुन्छन्  ।

१५ दिने परिक्रममा अन्तर्गत  क्रमश जनकपुरको हनुमान नगर, भत विहारको कलना स्थित कल्यानेश्वर, फुलहरस्थित गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई,धुव्रकुण्ड, कञ्चनवन,पर्वता,  धनुषाधाम, सतोखर, औरही,  करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५औं दिन जनकपुरको  अन्तरगृहपरिक्रमा गरि मध्य परिक्रमा सम्पन्न हुने गर्दछ ।

नेपाल-भारत बीचको सदियौंदेखि रहिआएको मधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन परिक्रमाको ठूलो योगदान रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?