+
+

छायांकन सुरु नहुँदै दीपक श्रेष्ठको फिल्म ‘हरियो ढुंगा’बाट बाहिरिए दयाहाङ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १७:३१
अभिनेता दयाहाङ राई । फाइल तस्वीर

काठमाडौं । छायांकन सुरु नहुँदै अभिनेता दयाहाङ राई निर्देशक दीपक श्रेष्ठको आगामी फिल्म ‘हरियो ढुंगा’बाट बाहिरिएका छन् । उनलाई शीर्ष भूमिकामा अनुबन्धित गर्दै निर्माताले फिल्मको पुस २७ गते घोषणा गरेका थिए । छायांकन तालिका नमिलेपछि दयाहाङ बाहिरिएको निर्माण नियन्त्रक सुरज आचार्यले जानकारी दिए ।

फिल्मको नाम ‘हरियो ढुंगा’ राखिएपनि चलचित्र विकास बोर्डमा चाहिं ‘चटके’ शीर्षकमा दर्ता छ । सहमतिअनुसारको मितिमा छायांकनमा जान नसकिएपछि तालिका नमिलेर दयाहाङ बाहिरिएको आचार्यले बताए । ‘सेड्युल नमिल्दा समस्या भएको हो । फेरि पनि उहाँलाई नै फर्काउन प्रयासरत हुन्छौं,’ उनले भने ।

यसअघि फिल्मको छायांकन माघ २० गतेदेखि सुरु हुने बताइएको थियो । पूर्वी नेपालको इलाम र भारतको सिक्किममा छायांकन गर्ने भन्दै निर्माताले छायांकन थलो पनि हेरिसकेका छन् । लभस्टोरी र कमेडी जनरामा निर्माण हुन लागेको फिल्मलाई प्रमिस इन्टरटेनमेन्ट र तपश्री प्रोडक्सन ब्यानरमा बनाउन लागिएको हो ।

यसैबीच, अभिनेता बुद्धि तामाङले पनि ‘हरियो ढुंगा’ खेल्नेबारे कुरा भएपनि आधिकारिक रुपमा निर्णय भइनसकेको जानकारी दिए । प्रस्तुतकर्ता केवल तामाङले फिल्मले नेपाल र सिक्किमको पर्यटनमा टेवा पुग्ने आशा लिएको बताएका छन् । दयाहाङले यसअघि पनि सिक्किमका प्रोजेक्टमा काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?