+
+

सातौं राष्ट्रिय युवा वैज्ञानिक शिखर सम्मेलन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १८:०२

काठमाडौं । सातौं राष्ट्रिय युवा वैज्ञानिक शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । यो शिखर सम्मेलन ‘नेपाल पोलिमर इन्स्चिटयुट’ र ‘युनिग्लोब कलेज’ को आयोजनामा भएको थियो ।
सम्मेलनमा विभिन्न प्रदेशका ८ कक्षादेखी १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा वैज्ञानिक खोज तथा अनुसन्धान र यसबाट हुने सकारात्मक उपलब्धिहरुको बारेमा समेत छलफल भएको थियो । कार्यक्रममा खोज तथा अनुसन्धानमा नवयुवाहरुको चासो र दृष्टिकोणको बारेमा समेत जानकारी गराइएको थियो ।

आजका युवाहरुमा पनि वैज्ञानिक खोज तथा अनुसन्धान गर्ने क्षमता तथा दक्षता भइसकेको छ है भन्ने कुरा यो शिखर सम्मेलनले दर्शाएको छ ।

यूनिग्लोब कलेजका प्रिन्सिपल डा. खगेन्द्रप्रसाद ओझाले सम्पूर्ण विद्यार्थीहरुका लागी यो एक अवसरका रुपमा पनि रहेको बताए । युवाहरुको भविष्य स्वदेशमै उज्जल रहेको र हाम्रो मुलुकका युवाहरुसँग धेरै क्षमता रहेको उनले बताए ।

पढाइसँगसँगै विद्यार्थीहरुका लागी यस्ता किसिमका सम्मेलन, कन्फ्रेन्सहरुले युवामा नयाँ जोस र उत्साह दिलाउने उनले बताए ।

विद्यार्थीहरुलाई ऊर्जा थप्न उनीहरुसँग भएको कला, क्षमतालाई निखार्न साथै प्रस्तुतीकरण गर्नका लागि सम्मेलन आयोजना गरिएको डा. ओझाले बताए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वैज्ञानिक खोज र आजको आवश्यकता विषयमा आफ्नो धारणा राखेका थिए ।

शिखर सम्मेलनमा नेपाल चिकित्सक महासंघका चिकित्सकहरुले समेत आ-आफ्नो धारणा राखेका थिए ।

सम्मेलनमा सहभागी भएका विद्यार्थीहरुले करिब ५६ ओटा अनुसन्धान प्रोजेक्ट प्रस्तुत गरेका थिए । सोही अनुसन्धान प्रोजेक्ट बीच प्रतियोगितात्मक प्रतिस्पर्धा गराइएको थियो । उक्त प्रतिस्पर्धामा विजय भई छनोटमा परेका समूहले म्याक्सिकोको सोनेरामा हुन गइरहेको ‘१२औं एसिया प्यासिफिक युवा वैज्ञानिक शिखर सम्मेलन २०२३’ मा सहभागी हुन आवेदन दिन सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?