+
+

राजनीतिक दलभन्दा बाहिर गएर राष्ट्रपतिमा सहमति खोज्नु हुन्न : शक्ति बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १८:३१

१० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु नहुने बताएका छन् ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव बस्नेतले राष्ट्रपतिको सन्दर्भमा राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।

उनले भने, ‘राष्ट्रिय सहमति जहाँनिर जुट्छ, त्यहीँनिर गरौँ भनेको हो । तर दलभन्दा बाहिर नजाऔँ अहिले । स्पष्ट कुरा यो हो । राष्ट्रिय सहमति आजको आवश्यकता हो । पुस १० गतेदेखि आजसम्म घटनाक्रममा तलमाथि परेको छ, सरकारलाई समर्थनसहित विपक्षमा बसेको एउटा अवस्था । सरकारमा सहभागी भएका पार्टीहरु सरकार बाहिर बसेर समर्थन मात्र गरेको अवस्था ।’

उनले राजनीतिक दलभन्दा बाहिर गएर भने सहमति खोज्नु नहुने बताए । पुस १० गते सरकार बन्दाको अवस्था र आजको अवस्थामा फेरबदल आइसकेको भन्दै उनले बदलिँदो परिस्थितिले सहमतिको माग गरेको बताए ।

‘परिस्थितिमा फेरबदल भइराखेको छ । यो परिस्थितिमा आएको फेरबदलले सहमतिको माग गर्‍यो। दोस्रो कुरा आज मुलुकले जे चिज व्यहोरिराखेको छ, जे-जस्ता चुनौतीको सामना गर्नु परिराखेको छ, यो परिस्थितिले पनि राष्ट्रिय सहमतिको माग गर्‍यो,’ उनले भने, ‘तेस्रो कुरा हाम्रो संविधानले परिकल्पना गरेको राष्ट्रपतिको पोजिसन धेरै रस्साकस्सी गर्नुपर्ने विषय होइन ।’

देशमा देखिएका चुनौतीहरुको समाधानका लागि पनि राष्ट्रिय सहमति आवश्यक रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?