+
+

लामखुट्टे नियन्त्रणका लागि वीरगञ्जमा ‘स्प्रे र फगिङ’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते ८:४६

११ फागुन, वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि  फगिङ र पम्प स्प्रेमार्फत विषादी छर्न सुरु गरेको छ ।

गर्मी सुरु भएसँगै वीरगञ्जमा लामखुट्टेको प्रकोप बढ्न थालेपछि नियन्त्रणका लागि  ‘फगिङ र पम्प स्प्रे’ मार्फत विषादी छर्न सुरु गरेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले  बुधबारदेखि ‘फगिङ र पम्प स्प्रे’ गर्न थालिएको जानकारी दिए ।

पहिलो दिन महानगरपालिकाको वडा नं. १, २ र ३ फगिङ गरिएको र वडा नम्बर ४ मा पम्प स्प्रे गरिएको उनले बताए ।

फगिङ्ग मेसिनबाट हावामा मट्टीतेलमा विषादी मिसाएर धुवा छर्ने गरिएको छ भने  र खुल्ला नालामा  पम्पले स्प्रे गरिन्छ ।

बिहान १० बजेदेखि नै पम्पमा विषादीसहितको घोल बनाएर नाला तथा पानी जमेका स्थानमा छर्कने गरिएको अधिकृत मियाले बताए ।

उनका अनुसार फगिङ्ग मेसिनबाट  बेलुका ५ बजेपछि धुवाँ छोडिन्छ ।

चैत ६ गतेसम्म ३२ वटै वडामा  लामखुट्टे मार्ने  विषादी छर्कनेगरि तालिका बनाइएको छ ।

लामखुट्टेको लार्भा मार्न बिहान र दिउँसोको समयमा ३ राउण्ड पम्प स्प्रे गर्ने र वयस्क लामखुट्टे मार्न बेलुका  फगिङ्ग गर्ने गरिएको महानगरपालिकाले जनाएको छ ।

वीरगञ्जमा चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा  लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न वीरगञ्ज महानगरपालिकाले वर्षमा दुईपटक विषादी छर्ने गरेको छ ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन विषादी छर्न सुरु गरिएको मेयर राजेशमान सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?