+
+

प्रचण्ड-माधव भेट सकियो, माधव नेपाल भन्छन् : विभिन्न विकल्पमा छलफल गर्‍यौं

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १३:३२

११ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भएको भेटवार्ता सकिएको छ । माओवादी संसदीय दलको कार्यालयमा उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो ।

भेटपछि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताए । पुरानो गठबन्धन ब्यूँताउन लाग्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘अझै टुंगो छैन ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न विकल्पमा छलफल भइरहेको तर निश्कर्षमा नपुगेको बताए । ‘हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । हामीसँग विभिन्न विकल्प छन् । त्यो मध्य देशलाई हित हुने विकल्प रोज्छौं’ उनले भने ।

उक्त भेटघाटमा माओवादीबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधव नेपाल र घनश्याम भूसाल सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?