+
+

काठमाडौंका घरमा धारा छ, पानी आउँदैन : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १५:४४

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का सांसद प्रदीप पौडेलले केन्द्रीय राजधानीमा पानीको समस्या विकराल रहेको बताएका छन् ।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने क्रममा पौडेलले काठमाडौंको पानीको समस्या सम्बोधन गर्ने सरकारको योजना समेत माग गरे ।

प्रतिदिन ४७ करोड लिटर पानी आवश्यक रहेको काठमाडौंमा पुग नपुग १७ करोड लिटर आपूर्ति हुने गरेको बताए । मेलम्चीबाट ल्याइएको १७ करोड लिटर भनिए पनि चुहावटले गर्दा त्यस बराबरको पानी पुग्न नसकेको संसदमा उनले बताए ।

‘काठमाडौंका ६५ प्रतिशत घरमा धारा छ, तर पानी आउँदैन । शुल्क भने तिरिरहनु परेको छ,’ पौडेलले भने, ‘ट्यांकर र जमिनमुनिको पानी तानेर पूर्ति गर्नुपर्ने वाध्यता छ । यो भयावह अवस्थाको सम्बोधन गर्न सरकारको योजना के छ?’
राज्यको अभिभारा, एक घर एक धारा नारा भए पनि कार्यान्वयन हुन नसकेको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?