+
+

संविधानको रक्षाका लागि कांग्रेसको राष्ट्रपति हुनुपर्छ : डा महत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १६:२९

१२ फागुन, काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा र अक्षरशः कार्यान्वयनका लागि आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुले विगतदेखि नै राष्ट्रपति आफ्नो दलकातर्फबाट हुनुपर्ने धारणा राख्दै आएको बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चलेको छनी भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘अघिल्लो गठबन्धनमा सहभागी रहेको र लामो समयदेखि आफूहरुसँग सहकार्यमा रहेका आधारमा एकीकृत समाजवादी र अध्यक्ष नेपाल राष्ट्रपतिका लागि योग्य हुनुहुन्छ।’

उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सकारात्मक छलफल भएको र साँझ पुनः बैठक बस्ने जानकारी दिनुभयो । राष्ट्रपतिका लागि शनिबार मनोनय गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?