+
+
Shares

जसपा सांसद रहमानको निधनमा राष्ट्रियसभामा शोक प्रस्ताव पारित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १४:२१

१४ फागुन, काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभा सांसद सहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको राष्ट्रियसभा बैठकले जनता समाजवादी पार्टीबाट सांसद रहेकी रहमानको निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ ।

२०१६ सालमा जन्मिएकी प्रतिनिधिसभा सदस्य सहनाज रहमानको शनिबार हृदयघातका कारण निधन भएको थियो । झापाको भद्रपुर निवासी स्वर्गीय सांसद रहमानलाई जसपाले समानुपातिक पद्धतिबाट सांसद बनाएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?