+
+

‘कोसेली घर’ सञ्चालन गर्दै ललितपुर महानगर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १५:२३
फाइल तस्वीर

१४ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले ‘कोसेली घर’ सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले पाटन ढोका अगाडिको स्थान भाडामा लिएर कोसेली घर सञ्चालन गर्न लागेको हो ।

महानगरभित्र उत्पादन हुने हस्तकलाको बजार प्रवर्द्धन र विस्तारका लागि कोसली घर स्थापाना गर्न लागेको महानगरले जनाएको छ ।

महानगरका सूचना अधिकारी देवीप्रसाद गुरागाईंका अनुसार महानगरमा दर्ता भएका मात्रै करिब २ सय हस्ताकला व्यवसायीहरु रहेका छन् । ‘हाम्रो ललितपुर कला नगरी हो, यहाँको हस्तकलाको प्रचार, बजार विस्तारका लागि कोसेली घर सञ्चालन गर्न लागेको हौं, यसले यहाँका व्यवसायीहरुको बजार पनि बढ्नेछ’ गुरागाईंले भने ।

महानगरले कोसली घर व्यवस्थापनको ठेक्का प्रस्ताव आह्वान गरेको छ । शनिबार एक सूचना निकाल्दै महानगरले कोसेली घर सञ्चालन गर्न इच्छुक हस्ताकला व्यवसायी संघ संस्थालाई प्रस्ताव आह्वान गरेको हो ।  कोसेली घर सञ्चालन गर्न महानगरले हस्तकला प्रवर्द्धनसम्बन्धी कार्यविधि अनुसार सञ्चालकलाई निर्देशन, अनुगमन गर्न पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?