+
+

अनमोल भन्छन् : ‘छड्के २’ मेरो लभस्टोरीको अन्त्य र ग्याङस्टर जीवनको सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १७:०७

काठमाडौं । आगामी शुक्रबार रिलिज हुने फिल्म ‘छड्के २’ अनमोल केसीको पहिलो ग्याङस्टर फिल्म हो । अघिल्ला अधिकांश फिल्ममा प्रेमकथानक फिल्ममा नायकको भूमिकामा देखिएका उनले यही फिल्मबाट भिन्न जनरामा आफूलाई प्रस्तुत गर्दैछन् । के अनमोलले अब प्रेमकथाका फिल्ममा अभिनय नगर्ने हुन् ?

आइतबार ‘छड्के २’को हल पोस्टरलाई सामाजिक संजालमा सेयर गर्दै उनले लेखेका छन्, ‘यो शुक्रबार मेरो छड्के २ । मेरो लभस्टोरीको अन्त्य र ग्याङस्टर लाइफको सुरुवात ।’

अनमोलको स्टाटसलाई दुई अर्थमा लिन सकिन्छ । पहिलो -उनले अब प्रेमकथाभन्दा भिन्न जनराका फिल्मलाई प्राथमिकतामा राखेका छन् । दोस्रो -फिल्मको कथामा उनको प्रेमको अन्त्य हुन्छ र त्यसको बदला लिन उनले ग्याङस्टर जीवनको थालनी गर्छन् ।’ यी दुबै अनुमान यो सन्दर्भमा बलिया छन् किनभने, आफूलाई सशक्त अभिनेताको रुपमा प्रस्तुत गर्न उनले अब भिन्न जानरामा पनि आफूलाई प्रस्तुत गर्नुपर्ने दबाब छ ।

अर्कोतर्फ, ट्रेलरअनुसार फिल्ममा रेशा आलेमगरको अपोजिटमा अनमोल फिचर्ड छन् । एक दृश्यमा उनले मायाको चिनो भन्दै याङ्कीको चरित्रलाई गिफ्ट दिएको देख्न सकिन्छ । यो दृश्यबाट अनुमान लगाउन सकिन्छ कि फिल्ममा रेशा र अनमोलको पात्रबीच केही रोमान्स अवश्य छ ।

निगम श्रेष्ठ निर्देशित फिल्म ‘छड्के २’ शुक्रबारदेखि देशब्यापी प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?